आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

ओलीले जहाँ–जहाँ हात हाल्छन्, त्यहाँ सिध्याउँछन् ! अर्काेतिर भयो बबाल

ओलीले जहाँ–जहाँ हात हाल्छन्, त्यहाँ सिध्याउँछन् ! अर्काेतिर भयो बबाल

  • मिडिया डबली
  • शनिवार, बैशाख १८ २०७८

  • 35.4K
    SHARES

  • ओलीले जहाँ–जहाँ हात हाल्छन्, त्यहाँ सिध्याउँछन् ! अर्काेतिर भयो बबाल

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली अहिले यस्तो अवस्थामा पुगेका छन्, उनी जहाँ–जहाँ हात हाल्छन्, त्यहाँ सिध्याउँछन् ।

    प्रधानमन्त्री ओलीले सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पार्टी एकीकरण गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाए । त्यहाँ बबाल मच्चियो । पार्टी फुट्यो । 

    पछि सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी पार्टी ब्युँताइदिएपछि दुवै पार्टी छुट्टाछुट्टै बनेका छन् । तर ओली रहेको पार्टी नेकपा एमालेमा विवाद र बबाल रोकिएन ।

    प्रधानमन्त्री ओली र माधवकुमार नेपाल पक्षबीच अहिलेसम्म बबाल चलिरहेकै छ । ओली एमालेपट्टि नै छुटेपछि यतिबेला माओवादी पार्टी भने शान्त छ ।

    एमालेभित्र विवाद चलिरहेकै बेला ओलीले जनता समाजवादी पार्टी (जसपा) को एक पक्ष अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँग हिमचिम बढाएपछि जसपा पनि फुटको संघारमा पुगेको छ । यतिबेला अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच विवाद बढेर कारवाही गर्ने र पार्टी फुटाउने अभ्यास सुरु भएका छन् ।

    ओलीले हात हालेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा समेत विवाद भएर फुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध र विवाद रहँदै आएको थियो ।

    नेकपाका पूर्व वरिष्ठ पोलिट्ब्यूरो कृष्णप्रसाद धमलाको संयोजकत्वमा पार्टी विभाजन भएको छ । विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएकोले नयाँ ढंगले अगाडि बढ्नुपर्ने अवस्था आएको बताए ।

    शनिबार एक विज्ञप्ति जारी गरेर नयाँ पार्टीको घोषणा गरिएको छ । नयाँ पार्टीको नाम जनसमाजवादी मञ्च नेपाल राखिएको छ । 

    ‘आन्दोलनले नेतृत्वलाई उचाइमा पुर्‍याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं । तीनै नेतृत्वले आपूmलाई देवत्वकरण गरी क्रान्तिलाई विशर्जन गर्ने प्रबृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तब्यसम्म पुग्न नसक्नु विडम्वना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भिषण संघर्षको आंधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरूरी भइसकेको छ । तसर्थ, संगठनात्मक हिसाबले जनतालाई जनसम्प्रभूता सम्पन्न गरेर मात्र अब बाँकी अधुरो क्रान्ति सम्पन्न गर्न सकिने छ,’ विज्ञप्तिमा उल्लेख छ । 

    मञ्चको आगामी कार्यदिशा वैज्ञानिक समाजवादी रहेको उल्लेख गरिएको छ । नयाँ पार्टीमा १० पूर्व केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सेक्रेटरी, मजदूर, विद्यार्थी लगायतबाट विद्रोह गरेकाहरू रहेको बताइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend