आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

बारम्बार सांसद अपहरणमा किन मुछिन्छ एमाले ? ओलीको राजनीतिक भविष्य सकिएकै हो ?

बारम्बार सांसद अपहरणमा किन मुछिन्छ एमाले ? ओलीको राजनीतिक भविष्य सकिएकै हो ?

  • मिडिया डबली
  • शुक्रवार, बैशाख १७ २०७८

  • 14.6K
    SHARES

  • बारम्बार सांसद अपहरणमा किन मुछिन्छ एमाले ? ओलीको राजनीतिक भविष्य सकिएकै हो ?

    काठमाडौं - पछिल्लो समय नेपालको राजनीति दूषित बनाउन पुष्पकमल दाहाल प्रचण्डको जित योगदान छ, त्योभन्दा कम प्रधानमन्त्री केपी ओलीको छैन । आफूलाई सर्वहारा वर्गको नेता मान्ने ओलीकै कारण संसदीय व्यवस्थाको हुर्मत लिइएको छ ।

    राजनीति नबुझेकाले पनि अहिले भइरहेका घटनाको आलोचना गरेका छन् । लोकतान्त्रिक गणतन्त्र ओलीकै कारण निकै बदनाम बन्न पुगेको छ ।

    आफ्नो कुर्सी जोगाउनका निम्ति उनी जे पनि गर्न सक्छन्, जस्तोसुकै षड्यन्त्र गर्न सक्छन् भन्ने उदाहरण एक वर्षमा भएका दुई सांसद अपहरण काण्डले सावित गरेको छ ।

    गत वर्ष साविकको नेकपामा विवाद देखिँदा ओलीकै निर्देशनमा महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनालले जनकपुरबाट संघीय समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएका थिए । त्यसबेला उपेन्द्रको पार्टीमा रहेका यादवलाई मन्त्री बनाउने आश्वासन दिएर एमाले भित्र्याउने खेल रचिएको थियो ।

    नागपोखरीस्थित होटल मेरियटबाट सांसद यादव भाग्न सफल भएपछि यो घटनाको रहस्य खुलेको थियो । अर्काको पार्टी विभाजन गर्ने र सांसद चोर्ने एमालेको रणनीति त्यसबेलै असफल बनेको थियो । त्यसपछि लगत्तै संघीय समाजवादी र राजपा एकीकृत भएर जनता समाजवादी पार्टी गठन भएको थियो । एक वर्षको सोही घटनाको पुनरावृत्त अहिले गण्डकी प्रदेशमा देखिएको छ ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सत्ता जोगाउन फेरि एकपटक एमालेकै निर्देशनमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई अपहरणशैलीमा चरक हस्पिटल लगेर आइसियुमा भर्ना गरियो ।

    चरक हस्पिटल एमाले निकट कपिल ज्ञवालीले सञ्चालन गरेका हुन् । यो घटनामा पनि एमाले सांसद महेश बस्नेतको संलग्नता देखिएको जनमोर्चाका नेता कार्यकर्ता बताउँछन् ।

    महेश बस्नेत चरक हस्पिटल पुग्नु र जनमोर्चाका सांसद शाहीलाई त्यहीँ भर्ना गरेर कसैलाई भेट्न नदिनुले उनको पनि अपहरण गरिएको हुन सक्ने विश्लेषण गरिएको छ । यद्यपि शाहीले आफू बिरामी भएर भाइको सहायताले हस्पिटल भर्ना भएको सफाइ दिएका छन् ।

    एक दिनअघिसम्म आइसियुमा रहेका शाही भोलिपल्टै ह्विलचियरमा देखिएकाले यो सबै घटना नाटक भएको र दक्षिण भारतीय फिल्मलाई माथ खुवाउने खालको भएको देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend