आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

विभिन्न अपराधमा संलग्न १२० जनाको मुद्दा मन्त्रिपरिषद्बाट फिर्ता लिइएको पुष्टि

विभिन्न अपराधमा संलग्न १२० जनाको मुद्दा मन्त्रिपरिषद्बाट फिर्ता लिइएको पुष्टि

  • मिडिया डबली
  • बुधवार, बैशाख १५ २०७८

  • 5.7K
    SHARES

  • विभिन्न अपराधमा संलग्न १२० जनाको मुद्दा मन्त्रिपरिषद्बाट फिर्ता लिइएको पुष्टि

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न अपराधमा संलग्न १२० जना विरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेको पुष्टि भएको छ ।

    मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारीवादी भई चलेका १५ वटा मुद्दामा संलग्न १२० जना व्यक्तिको मुद्दा फिर्ता लिने निर्णय गरिएको पुष्टि गरे ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर लगायत नेताहरूको माग बमोजिम मधेश आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दा फिर्ता लिने निर्णय भएको जनाइएको छ ।

    फौजदारी मुद्दा फिर्ता सम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा राखिने प्रवक्ता गुरुङले पत्रकार सम्मेलनमा बताए ।

    ओली नेतृत्वको सरकार जोगाउन भइरहेको पहल अन्तर्गत जसपाको साथ पाउन मुद्दा फिर्ता लिइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend