काठमाडौं – नेपाली कांग्रेसमा कोरोना भाइरस संक्रमणको महामारीको असर परेको छ ।
कोरोनाका कारण पार्टी केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
आज बुधबार बस्ने गरी तय भएको बैठक कोरोना भाइरस संक्रमणको महामारीका कारण स्थगित भएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका छन् ।
‘बढ्दो कोरोना संक्रमण महामारीका कारण नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने गरी बोलाइएको बैठक स्थगित गर्ने निर्णय, अर्काे बैठक बस्ने मितिको जानकारी पछि गराइने,’ महामन्त्री खड्काले ट्विटरमा लेखेका छन् ।
नेपाली कांग्रेसको आसन्न महाधिवेशनको तयारीका लागि बैठक बस्नुपर्ने भएपनि स्थगित भएको छ । कोरोना महामारीले कांग्रेसको महाधिवेशन फेरि प्रभावित हुनसक्ने चर्चा चलेको छ ।
बैठकका लागि कांग्रेसले सबै केन्द्रीय सदस्यको पीसीआर परीक्षण गरेको थियो । तर अन्तिममा आएर बैठक स्थगित भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।