आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कृष्णपुरमा एमाले ओली समूहका मेयरको ठगी धन्दा, संक्रमितबाटै रकम असुल्दै हमाल

कृष्णपुरमा एमाले ओली समूहका मेयरको ठगी धन्दा, संक्रमितबाटै रकम असुल्दै हमाल

  • मिडिया डबली
  • आइतवार, बैशाख १२ २०७८

  • 6.8K
    SHARES

  • कृष्णपुरमा एमाले ओली समूहका मेयरको ठगी धन्दा, संक्रमितबाटै रकम असुल्दै हमाल

    महेन्द्रनगर - कञ्‍चनपुरको कृष्णपुर नगरपालिकाले कोरोना भाइरस संक्रमितबाट नै रकम असुलिरहेको छ । कोरोना महामारीको समयमा स्थानीय सरकारको रुपमा रहेको नगरपालिका र गाउँपालिकाहरुले कोभिड-१९ का बिरामीहरुलाई उद्धार, उपचारमा सहयोग गर्नुपर्ने दायित्व भए पनि उल्टै पैसा असुल्‍न सुरु गरेको पाइएको छ ।

    कञ्‍चनपुरको कृष्णपुर नगरपालिकाले गड्डाचौकी नाकामा गरिएको परीक्षणका क्रममा पीसीआर पोजेटिभ देखिएपछि धनगढीस्थित अस्पताल पुर्‍याएवापत कृष्णपुर नगरपालिका-६ बस्‍ने उत्तमराज भट्टबाट तीन हजार रुपैयाँ लिएको छ ।

    नगरपालिकाको एम्बुलेन्सबाट कोरोना संक्रमितको उपचारका लागि धनगढी पुर्‍याएवापत भाडा भन्दै तीन हजार रुपैयाँ लिएर रसिद थमाइ दिएको हो । यस्तो महामारीको समयमा अभिभावकको जिम्मेवारी बहन गर्नुपर्ने नगरपालिका नै आफ्न‍ो एम्बुलेन्स प्रयोग गर्दै कमाउने धन्दा सुरु गरेको भन्दै नगर प्रमुख कर्णबहादुर हमालको आलोचना भइरहेको छ ।

    भट्टले भारतको चन्दीगढबाट आफ्ना क्यान्स पीडित बाजे विजयराज भट्टको घाँटीको शल्यक्रिया गराएर फर्किने क्रममा सीमा क्षेत्र गड्डाचौकीमा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

    उनलाई प्रहरीले अस्पताल जान भनेपछि नगरपालिकाको एम्बुलेन्समा उनी धनगढी गएका थिए । बिरामीका आफन्तले नगर प्रमुखसमेत रहेका नेकपा एमाले ओली समूहका नेता हमालसँग कोभिड महामारीमा बिरामीको उद्धार गर्नु नगरपालिकाको कतर्व्य भएकोले निशुल्‍क गर्न माग गरे पनि उनले भने रकम तिर्नपर्ने दबाब दिएका हुन् । सरकारले कोरोना संक्रमितको उद्धार र उपचार निशुल्‍क गर्दै आएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख १२ २०७८०३:००:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend