काठमाडौं – अमेरिकी सहयोगको एमसीसी परियोजनामा कतिपय विवादास्पद बुँदा रहेका भन्दै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र जनस्तरमा आलोचना हुने गरेको छ । विवादास्पद भएकै कारण एमसीसी सम्झौता संसदमा पेश भएको छैन ।
तर नेपाली कांग्रेसकी नेत्री डिला संग्रौला भने एमसीसी परियोजना पास गर्नुपर्ने भन्दै मरिहत्ते गर्न थालेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा अधिवेशन अन्त्य गरिसकेको भोलिपल्ट नेत्री संग्रौलाले एमसीसी परियोजना पास हुनुपर्नेमा जोड दिएकी छन् ।
बागलुङमा नेपाल प्रेस युनियनले आईतवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संग्रौलाले एमसीसी नेपालको हितमा आएको परियोजना भएको ठोकुवा गरिन् । नेत्री संग्रौलाले केपी शर्मा ओली सरकारको विकल्पमा नेपाली कांग्रेसले नेतृत्व लिने र विकास निर्माणको गति बढाउन एमसीसी पास गर्ने बताइन् ।
‘ओली सरकार अर्कमण्यताको पर्याय भएको छ, जे मन लाग्यो त्यही गर्ने स्वेच्छाचारी र अधिनायक सरकारको विकल्प दिन कांग्रेसले तयारी गरेको हो,’ संग्रौलाले भनिन्, ‘एक्लै सरकार बनाउने संख्या नभएकाले माओवादी र जनता समाजवादीसँग छलफल भइरहेको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।