काठमाडौं – विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना संक्रमणबाट विश्व नै आक्रान्त बनिरहेको बेला नेपाली कांग्रेस कास्कीका जिल्ला सभापति कृष्ण केसीलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।
पिताको निधनपछि काजकिरीयामा रहेको अवस्थामा अस्वस्थ भएपछि सोमवार राति अस्पताल भर्ना गरिएका सभापति केसीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सभापति केसीको उपचारकै क्रममा पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको छ । केसीमा कोरोना संक्रमण देखिए पनि परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको केसीका छोरा सरोज केसीले बताएका छन् ।
सरोजका अनुसार सभापति केसीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । केसीको पोखरास्थित चरक मेमोरियल अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले सभापति केसीसँग तत्कालका लागि भेटघाट नगर्न समेत आग्रह गरेका छन् । सिग्देलले एक अपिलमार्फत सभापति केसीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आइसोलेसनमा रहेका बेला भेटघाट नगर्न आग्रह गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।