आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

यी हुन् कांग्रेसले गरेका क्रियाशील सदस्यतासहित ७ निर्णय, पढ्नुहोस् पूर्णपाठ

यी हुन् कांग्रेसले गरेका क्रियाशील सदस्यतासहित ७ निर्णय, पढ्नुहोस् पूर्णपाठ

  • मिडिया डबली
  • मंगलवार, बैशाख ७ २०७८

  • 6.2K
    SHARES

  • यी हुन् कांग्रेसले गरेका क्रियाशील सदस्यतासहित ७ निर्णय, पढ्नुहोस् पूर्णपाठ
    फाइल तस्वीर

    काठमाडौं – नेपाली कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता वितरण र नविकरणको विवरण बैशाख १५ गतेभित्र कम्युनिस्टमा इन्ट्री गरिसक्नुपर्ने निर्णय गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमवार साँझ सम्पन्न बैठकले अन्तिम पटकका लागि म्याद थप गरेको हो ।

    सरकारले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गरेकोप्रति कांग्रेसले आपत्ति जनाएको छ ।

    कोरोना भाइरस संक्रमण बढिरहेका बेला परीक्षण र उपचारको प्रभावकारी व्यवस्था मिलाउन समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

    यस्ता छन् कांग्रेसका निर्णयहरू –

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा आज सम्पन्न भयो । महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गर्नु भएका देहायका प्रस्तावहरु बैठकले पारित गरेको छ । 

    प्रतिनिधि सभाको अधिवेशन आकस्मिक स्थगन गरिएको सम्बन्धमा

    १. सरकारले प्रतिनिधि सभाको अधिवेशन अप्रत्याशित र हठात अन्त्य गरेको विषयलाई बैठकले गम्भीरतापूर्वक लिएको छ । वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नु पर्ने जनसरोकारका कयौं महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति वर्खिलाप रहेको ठहर बैठकले गरेको छ । यो बैठक सरकारको स्वेच्छाचारी प्रवृतिको घोर भत्र्सना गर्दछ । 

    कोरोनाबाट जनताको सुरक्षा विशेष कार्ययोजना तत्काल निर्माण गर्ने बारे  

    २. बैठकले कोरोना महामारीको पछिल्लो चरणमा बढ्दो प्रतिकूलता दृष्टिगत गरेर जनताको जीवन रक्षाका लागि अविलम्व विशेष कार्ययोजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । विश्व बजारमा उपलब्ध भइसकेको भ्याक्सिन पर्याप्त रुपले आयात गरेर ‘हरेक नागरिकलाई भ्याक्सिन, हरेक नागरिकको सुरक्षा’ को व्यापक र दु्रत अभियान संचालन गर्न बैठकले सरकार समक्ष जोडदार माग गर्दछ । 
     साथै कोरोनाबाट जोगिन सर्तकताका साथ सुरक्षाका रणनीतिहरु अनिवार्य रुपले पालना गर्न आम जनतालाई समेत अपिल गर्ने निर्णय बैठकले गरेको छ । 

    क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति सम्बन्धमा

    ३. नविकरण र नयाँ क्रियाशील सदस्यताको “इन्ट्री” २०७८ वैशाख १५ गतेभित्र गरी सक्नु पर्ने अन्तिम मिति निर्धारण गरिएको छ । सो राती १२ः०० बजे कम्प्युटर सफ्टवेयरमा “इन्ट्री” हुने “सिस्टम” स्वतः बन्द गरिने छ ।
    ४.  क्रियाशील सदस्यता नविकरण र वितरण सम्बन्धी कार्य पार्टीको विधान, नियमावली केन्द्रको परिपत्र बमोजिम तत्काल सम्पन्न गरी वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला सम्मका सबै कार्यसमितिका निर्णयको प्रतिलिपी, सदस्यता शुल्क र लेवी रकम लगायतका कागजात सहित जिल्लाको प्रतिवेदन २०७८ वैशाख १७ गते ५ः०० बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नु पर्नेछ ।
    ५. सफ्ट्वेयरमा “इन्ट्री” भएका क्रियाशील सदस्यता नामावली सरोकारवालाको जानकारीका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको वेवसाइटमा सार्वजनिक गर्ने व्यवस्था गर्ने ।
    ६. अन्य राजनीतिक दलबाट नेपाली कांग्रेसमा प्रवेश गरेका सदस्यहरुको क्रियाशील सदस्यता समायोजन सम्बन्धमा “अन्य राजनीतिक दल समायोजन समिति” को निर्णय अनुसार केन्द्रबाट जिल्लामा पठाउन बाँकी रहेका (अन्य पार्टीबाट आएका व्यक्ति, समायोजन वा वडामा न्यूनतम संख्या नपुगेका) क्रियाशील सदस्यताका फारम बैशाख १५ गतेभित्र केन्द्रीय कार्यालयले जिल्लालाई उपलब्ध गराउने, त्यस्ता फारम सबै प्रक्रिया पुरा गरी जिल्ला कार्यसमितिले बैशाख मसान्तभित्र केन्द्रमा पु¥याइसक्नु पर्ने र त्यसको कम्प्युटर “इन्ट्री” क्रियाशील सदस्यता छानविन समितिले नै केन्द्रमा गर्ने गरी व्यवस्था गर्ने । 
    ७. सिन्धुपाल्चोक र सप्तरी जिल्लामा हालसम्म क्रियाशील सदस्यताको प्रकृया शुरु नभएको एवं बारा र सोलुखुम्बुमा केही समय अघि मात्रै प्रकृया शुरु भएको हुनाले ती जिल्लाका हकमा २०७८ वैशाख मसान्तभित्र जिल्लाबाट केन्द्रको सफ्टवेयरमा “इन्ट्री” गरी सक्नु पर्ने । 

    शोक एवं समवेदना 

    नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका माइला भाइ एवं नेपाली कांग्रेसका अग्रज व्यक्तित्व गोविन्दराज पौडेलको चैत्र ३० गते; नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति एवं पूर्व वाणिज्य तथा आपूर्ति राज्य मन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको चैत्र २० गते; नेपाली कांग्रेस ताप्लेजुङका पूर्व सहसभापति एवं नेपाल भूतपूर्व सैनिक संघको पूर्व केन्द्रीय सचिव डी.वी. राईको चैत्र २२ गते; नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्व कोषाध्यक्ष एवं प्रसिद्ध उद्योगपति साखः ग्रुपका अध्यक्ष गणेशभक्त साखःको वैशाख ३ गते; प्रजातन्त्र सेनानी, पूर्व मन्त्री एवं तत्कालीन काठमाडौं नगरपालिकाका मेयर प्रयागराज सिंह सुवालको वैशाख ५ गते; नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य पाँचथरका गणेश ढकालको चैत्र ३० गते, नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्कीका सभापति कृष्णबहादुर के.सी.का पिता हर्कबहादुर के.सी.को वैशाख ३ गते; कास्की जिल्ला साविक लेखनाथ नगरपालिकाका पूर्व सभापति चक्रपाणी पौडेल चैत्र २३ गते; सिरहा क्षेत्र नं. १ का क्षेत्रीय सभापति अचमितलाल चौधरीकी धर्मपत्नी एवं क्रियाशील सदस्य असियादेवी चौधरीको चैत्र २७ गते भएको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । 
    नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामना साथ एक मिनेट मौन धारण गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गरेको छ । 

    बैठकमा धारणा व्यक्त

    आजको बैठकमा नेता रामचन्द्र पौडेल, बलबहादुर के.सी., आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया र कर्णबहादुर बुढाले आफ्नो धारणा राख्नु भएको थियो । 
    जय नेपाल !

    कृष्णप्रसाद पौडेल
    मुख्य सचिव

    cc1.jpgcc2.jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend