आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बैशाख ५ गते बस्ने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बैशाख ५ गते बस्ने

  • मिडिया डबली
  • सोमवार, चैत्र ३० २०७७

  • 4.8K
    SHARES

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बैशाख ५ गते बस्ने

    काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बैशाख ५ गते बोलाएको छ ।

    सोमवारका लागि बोलाइएको बैठक पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधनका कारण अन्तिम समयमा आएर स्थगित भएपछि बैठक बैशाख ५ गतेका लागि तय भएको हो ।

    नेपाली कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर बैशाख ५ गतेका लागि बैठक बोलाइएको जानकारी दिए । बैठकमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्यांक केन्द्रमा पठाउने समय थपबारे छलफल हुने जनाइएको छ ।

    कांग्रेस महाधिवेशनका लागि निर्धारित कार्यतालिका अनुसार क्रियाशील सदस्यताको विवरण संकलन नभएपछि म्याद थप गर्नुपर्ने अवस्था आएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend