आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

सभापति देउवाको निर्देशनपछि केन्द्रीय कार्यसमिति बैठक अकस्मात स्थगित

सभापति देउवाको निर्देशनपछि केन्द्रीय कार्यसमिति बैठक अकस्मात स्थगित

  • मिडिया डबली
  • सोमवार, चैत्र ३० २०७७

  • 4.7K
    SHARES

  • सभापति देउवाको निर्देशनपछि केन्द्रीय कार्यसमिति बैठक अकस्मात स्थगित

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अकस्मात स्थगित भएको छ ।

    आज सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएपनि अन्तिम समयमा स्थगित भएको हो ।

    बैठकमा पेश गर्ने एजेण्डाबारे आईतवार पदाधिकारी र पूर्व पदाधिकारी बैठक समेत बसेको थियो । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाले बैठक स्थगित गर्न निर्देशन दिएकाले बैठक स्थगित गरिएको जानकारी दिए ।

    पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पारिवारिक शोक परेकाले केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको पौडेलले बताएका छन् । पौडेलका माइला भाइ गोविन्दराज पौडेलको सोमवार निधन भएको छ ।

    बैठकमा महाधिवेशनको तयारी र क्रियाशील सदस्यता वितरणको कार्यबारे छलफल हुने एजेण्डा रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend