काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सोमबार बस्दैछ ।
शुक्रबारका लागि तोकिएको केन्द्रीय कार्यसमिति बैठक आज सोमबारका लागि स्थगित गरिएको थियो ।
शुक्रबार ३ दलको बैठक हुने भएपछि पार्टी सभापति शेरबहादुर देउवाले सोमबारका लागि केन्द्रीय कार्यसमिति डाकेका थिए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बैठक बस्ने नेपाली कांग्रेसले जनाएको छ ।
आईतबार कांग्रेसको पदाधिकारी बैठक बसेको थियो । बैठक महाधिवेशन केन्द्रीत भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
नेपाली कांग्रेसमा यतिबेला क्रियाशील सदस्यता विवाद कायमै रहेको छ भने महाधिवेशनको कार्यतालिका हेरफेरबारे थप छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकालाई विस्थापित गरेर नयाँ सरकार गठनमा अग्रसरता लिने निर्णय गरिसकेको कांग्रेसले केन्द्रीय सदस्यहरूको राय समेत लिनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।