आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेसमा फेरि महाधिवेशन कार्यतालिका हेरफेर हुँदै, यस्तो भयो सहमति

कांग्रेसमा फेरि महाधिवेशन कार्यतालिका हेरफेर हुँदै, यस्तो भयो सहमति

  • मिडिया डबली
  • सोमवार, चैत्र ३० २०७७

  • 5.2K
    SHARES

  • कांग्रेसमा फेरि महाधिवेशन कार्यतालिका हेरफेर हुँदै, यस्तो भयो सहमति

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पूर्व निर्धारित १४ औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर हुने देखिएको छ ।

    पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको ढिलाइ, नयाँ वितरित र नवीकरण सम्पन्न विवरण प्रणालीमा राख्न गरिएको ढिलाइ र अन्य पार्टीबाट आएकाको समायोजन प्रक्रिया बाँकी रहेका कारण प्रभावित बनेको कार्यतालिकालाई कांग्रेसले हेरफेर गर्दैछ ।

    नेपाली कांग्रेसले पछिल्लोपटक चैत २० गते बसेको केन्द्रीय कार्यसमिति बैठकमार्फत क्रियाशील सदस्यको विवरण देशभरबाट अनलाइन प्रणालीमा इन्ट्री गर्ने समय चैत मसान्तसम्मका निर्धारण गरेको थियो । यसअघि कांग्रेसले चैत १० गतेसम्म मिति तय गरेकोमा समयभित्रै काम नसकिएपछि पुनः समय थप गरेको थियो ।

    कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले आईतवारसम्म देशभरबाट ५ लाख ४६ हजार सदस्यको विवरण इन्ट्री भएको र समयावधि थप गर्ने कि नगर्ने भन्ने विषयमा आज सोमवार बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिने बताए ।

    ‘हालसम्म देशभरबाट ५ लाख ४६ हजार सदस्यको विवरण इन्ट्री भएको छ, अब फेरि समयावधि थप गर्ने कि नगर्ने भन्ने विषय केन्द्रीय समितिमा छलफल हुन्छ,’ संयोजक लेखकले भने ।

    हालसम्म ५० जिल्लाले मात्रै क्रियाशील सदस्यको नवीकरण भएको र नयाँ वितरण गरिएको विवरण केन्द्रीय कार्यालयले बनाएको अनलाइन प्रणालीमा पठाउन सुरू गरेका छन् । केही जिल्लाले धेरैजसो विवरण पठाइसकेका छन् भने केहीले सुरू नै नगरेको नेताहरुले बताएका छन् ।

    विवरण पठाउन सुरू नै नगर्ने जिल्लामा सोलुखुम्बु, सप्तरी, सिराहा, बारा, रौतहट, सिन्धुपाल्चोक, बर्दिया, डोटी र कैलाली रहेका छन् । विवरण पठाउन भएको ढिलाइपछि यस विषयमा छलफल गर्न भन्दै आईतवार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र पूर्व पदाधिकारीसहित सदस्यता छानविन समिति र संगठन समायोजन समितिका सदस्यको बैठक बसेको थियो ।

    छलफलमा कम्तीमा १५ दिन समय थप गर्ने विषयमा अनौपचारिक छलफल समेत भएको छ ।

    बैठकमा सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल नै अनुपस्थित भएपछि थप छलफल सोमवारको बैठकमा नै गर्ने निर्णय भएको छ । कांग्रेसले आगामी भदौ ७–१० गतेसम्म आफ्नो १४ औं महाधिवेशनका लागि कार्यतालिका तय गरेको छ ।

    आईतवारको बैठकमा केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यता पठाउने र अन्य पार्टीबाट आएका सदस्यको पार्टी संगठनमा समायोजन र क्रियाशील सदस्यता समायोजनबारे समेत केही समय बढाउने सहमति नेताहरुबीच भएको छ । कांग्रेसले अन्य पार्टीबाट आएकालाई समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति बनाएको थियो । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend