काठमाडौं – नेपाली कांग्रेसका क्षेत्रीय सभापति तथा तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण थापा मगरले कम्युनिस्टले विकासमा विभेद गरेको आरोप लगाएका छन् ।
सिन्धुलीमा नेपाली कांग्रेस तीनपाटन गाउँपालिकाले शनिवार सभापति सोमप्रसाद घिमिरेको सभापतित्वमा पार्टी प्रवेश कार्यक्रम गर्दै गरेको छ ।
गाउँपालिकाको वडा नम्बर ११ को हलिडाँडामा गरिएको कार्यक्रममा सुब्बा राउत र रमेश श्रेष्ठको नेतृत्वमा २३ जना नेकपा एमाले र माओवादी केन्द्र पार्टीका नेता/कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि रहेका सभापति थापाले भने, ‘कम्युनिस्टले विकासमा विभेद गरेर समुदायमा विभाजनको रेखा कोरेको बताएका छन् । कम्युनिस्टले आफ्ना कार्यकर्ता, आफन्त र आसेपासे केन्द्रित विकास योजना बनाएर आसेपासे पुँजीवादको विकास गरेका छन् ।’
थापाले अगाडि भने, ‘जनताले बहुमतमा पुर्याएका कम्युनिस्टले सुशासन, समृद्धि, शान्ति र स्थिरताको गफ दिएर सत्ताको लुछाचुँडीमा लागेर आफ्नै वस्त्र खोलेका छन् ।’
आफूले नेतृत्व गरेको तीनपाटन सरकारले किसान, युवा, महिला, दलित, जनजाति र पिछडिएका समुदायको उत्थानको लागि उत्पादनमा जोडेर उद्यमी बनाउने कार्यक्रम बनाउन सक्रिय रहेको र तीनपाटनका हरेक नागरिकको जिवनस्तर उकास्नु र हरेक तीनपाटनबासीलाई ऋणमुक्त गराएर आत्मनिर्भर नागरिक बनाउनु नै आफ्नो सपना रहेको उनले बताएका छन् ।

कार्यक्रमका अतिथि नानीराम कार्कीले कम्युनिस्टलाई छाल बेच्ने ठगको संज्ञा दिएका छन् । कम्युनिस्ट नेपालमा ठगको ठेकेदार रहेको र कम्युनिस्टबाट जनताले ठगिनुबाहेक अर्को उपलब्धि हासिल गर्न नसकेको बताएका छन् ।

नेपाली कांग्रेसका गाउँपालिका सभापति सोमप्रसाद घिमिरेले मन्तव्यमार्फत कांग्रेस परिवारका सदस्य भएका सबै नवप्रवेशी साथीहरूलाई स्वागत गर्दै पालिकाको चौतर्फी सांगठनिक गतिविधिमा ऊर्जासहित सहभागी हुन आग्रह गर्दै आगामी स्थानीय निर्वाचनमा तीनपाटन गाउँपालिकामा नेपाली कांग्रेस दुईतिहाइले विजय हुने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।