आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले कांग्रेसलाई दिए यस्तो सुझाव

नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले कांग्रेसलाई दिए यस्तो सुझाव

  • मिडिया डबली
  • शनिवार, चैत्र २८ २०७७

  • 22.9K
    SHARES

  • नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले कांग्रेसलाई दिए यस्तो सुझाव

    काठमाडौं – नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्र संस्थागत गर्न अब नेपाली कांग्रेसले सरकारको नेतृत्व लिएर अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

    नेपाली कांग्रेसका पुराना नेता तिलकप्रसाद सापकोटाको ‘यात्रा निरन्तर’ पुस्तकको शनिवार गैंडाकोटमा विमोचन गर्दै यादवले मुलुकमा हरेक पटक राजनीतिक संकटको निकास पहिल्याउन कांग्रेसले भूमिका खेलेकाले अहिले पनि कांग्रेसले नेतृत्व लिनुपर्ने बताएका छन् ।

    ‘नेपालमा लोकतन्त्रको जग बलियो छ, नागरिक सचेत छन्, हरेक राजनीतिक परिवर्तनमा जनताले साथ दिएका छन्,’ यादवले भने । अबको पद्धति कसरी बलियो बनाउने भन्नेमा लाग्नुपर्ने यादवले बताएका छन् ।

    नेता सापकोटाले पुस्तकमा राजनीतिक घटनाक्रमको यथार्थ चित्रण गरेको बताउँदै यादवले युवा पुस्ताले पाठ सिक्नुपर्ने समेत बताएका छन् । पुस्तक लोकार्पणका क्रममा कांग्रेस महामन्त्री शशांक कोइरालाले आफूले लगातार ३ पटकसम्म निर्वाचन जित्नुमा लेखक सापकोटाको ठूलो श्रेय रहेको बताएका छन् ।

    पटक–पटक जेलनेल भोगेका सापकोटाजस्ता त्यागीले संसदीय निर्वाचनमा टिकट नपाउनु दुर्भाग्य रहेको भन्दै नेता कोइरालाले आफू आएको कारण पनि त्यसो हुन गएको बताएका छन् ।

    सापकोटाले २०१७ देखि २०७६ माघसम्म आफैंले भोगेका र लेखेका दैनिक घटनाक्रमलाई पुस्तकमा उतारेका छन् । लोकतन्त्र प्राप्तिका लागि संघर्षको समय–डायरीमा सामाजिक तथा राजनीतिक पृष्ठभूमिबारे उल्लेख गरिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend