काठमाडौं – नेपाली कांग्रेसमा प्रवेश गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अछामका नेता रामबहादुर चलाउनेलाई सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका छन् ।
२०३६ सालदेखि नेपाली कांग्रेसको राजनीति गर्दै र २०४७ सालपछि राप्रपामा लागेका चलाउने पुनः नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
विगत ३० वर्ष लामो राप्रपाको राजनीतिमा चलाउने पूर्व क्षेत्रपाल र २०७० सालमा राप्रपाबाट सांसदका उम्मेदवार समेत रहेका थिए ।
अछामको तुर्माखाद गाउँपालिका–७ तोषी निवासी नेता चलाउनेलाई एक कार्यक्रमबीच सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बूढानिलकण्ठमा पार्टीको सदस्यता दिँदै खादा र अबिर लगाएर नेपाली कांग्रेसमा स्वागत गरेका छन् ।
कार्यक्रममा अछाम क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य रामबहादुर विष्ट, नेपाली कांग्रेस अछामका पार्टी सभापति भरतकुमार स्वार, पूर्व महाधिवेशन प्रतिनिधि मानबहादुर रावल, क्षेत्रीय सभापति लक्ष्मण शाह लगायतको उपस्थिति थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।