काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
संयोजक अधिकारीले शुक्रवार पार्टी कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसमितिको बैठकमा संयोजक पदबाट राजीनामा दिएका छन् ।
अधिकारीलाई राजीनामा फिर्ता लिन आग्रह गर्दा समेत नमानेपछि राजीनामा स्वीकृत गरिएको छ । उनी संयोजक रहेको समितिले शुक्रवारको बैठकमा ७६ वटा जिल्लाको संगठन पुनर्संरचना र समायोजनसम्बन्धी काम पूरा गरेको प्रतिवेदन बुझाएको छन् ।
सिन्धुपाल्चोक जिल्लाको समायोजनसम्बन्धी काम भने पूरा नभएको प्रतिवेदनमा उल्लेख छ ।
अधिकारीको राजीनामाबारे अचम्म मान्दै कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘प्रतिवेदन बुझाइसकेपछि उहाँले निर्वाचन समितिबाट राजीनामा दिनुभयो, किन यसो गर्नुभएको हो, बुझ्न सकिएन ।’
अधिकारी संयोजक रहेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिमा एकराज पोखरेल, सिताराम केसी, खम्बसिंह खाती र गोपीकृष्ण घिमिरे सदस्य रहेका छन् । समितिलाई पार्टीले ७७ जिल्लाको समायोजनको काम टुंगो लगाउने जिम्मेवारी दिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।