आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने केन्द्रीय कार्यसमितिको निर्णय

कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने केन्द्रीय कार्यसमितिको निर्णय

  • मिडिया डबली
  • शुक्रवार, चैत्र २० २०७७

  • 7.1K
    SHARES

  • कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने केन्द्रीय कार्यसमितिको निर्णय
    फाइल तस्वीर

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर नयाँ सरकारको नेतृत्व लिने निर्णय गरेको छ ।

    शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको नेतृत्व दाबी गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग्ने निर्णय गरेको हो ।

    प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि लामो समय मौन बसेको नेपाली कांग्रेसले अहिले सरकारमा दाबी गर्ने निर्णय गरेको छ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंवैधानिक र अलोकतान्त्रिक कदम चाल्ने ओलीको विस्थापनका लागि छिटो निर्णय लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई पटक–पटक भेटेर आग्रह गर्दै आएका छन् । तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र जनता समाजवादी पार्टी (जसपा) गणितीय आधारमा एकढिक्का भएमा कांग्रेसले नेतृत्व लिने वा अरु दलको नेतृत्वमा नयाँ सरकार बनाउन साथ दिने बताउँदै आएको थियो ।

    प्रचण्डले कांग्रेस र जसपाले प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा आएका दलबीच सरकार बनाउन एकमत हुनासाथ आफ्नो पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आएका छन् । नेकपा माओवादी केन्द्रले हालसम्म सरकारबाट समर्थन फिर्ता लिएको छैन ।

    पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि साविकको नेकपा राजनीतिक रूपमा विभाजित भएको थियो । त्यतिबेला प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल पक्ष ओलीको कदमको विरोधमा र ओली पक्ष समर्थनमा देखिएका थिए । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि समेत दलहरूबीच ध्रुवीकरण जारी रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend