आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

काठमाडौंमा फेरि सल्बलाए चिनियाँ बदमास, एटीएम ह्याक गरी पैसा निकाल्न खोज्ने पक्राउ

काठमाडौंमा फेरि सल्बलाए चिनियाँ बदमास, एटीएम ह्याक गरी पैसा निकाल्न खोज्ने पक्राउ

  • मिडिया डबली
  • बुधवार, चैत्र १८ २०७७

  • 5.5K
    SHARES

  • काठमाडौंमा फेरि सल्बलाए चिनियाँ बदमास, एटीएम ह्याक गरी पैसा निकाल्न खोज्ने पक्राउ

    काठमाडौं – एटीएम मेसिन ह्याक गरी पैसा निकाल्न खोज्ने चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

    महानगरीय प्रहरी वृत्त दरबारमार्ग र काठमाडौं परिसरको टोलीले विशेष सूचनाको आधारमा २९ वर्षीय वाङ जियोलोङलाई ठमेलको ज्याठाबाट पक्राउ गरेको हो ।

    मेगा बैकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजेको अवस्थामा उनी रङ्गेहात पक्राउ परेका हुन् ।

    प्रहरीका अनुसार उनको साथबाट मोबाइल ४ थान, बिभिन्न किसिमका १० वटा चाबीहरुसहितको झुप्पा १ थान, विभिन्न बैंकको १० थान एटीएम कार्ड, चाइनिज युआन २ हजार ३८२, अमेरिकी डलर ६५ र नेपाली २ हजार ११० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

    उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही समयअघि चिनियाँ ह्याकरहरूकै कारण नेपालका बैंकहरूबाट करोडौं रुपैयाँ ह्याकको प्रयास भएको थियो ।

    त्यतिबेला बैंकरको चलाखीका कारण नेपालको करोडौं रुपैयाँ ह्याक हुनबाट जोगिएको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र १८ २०७७०९:५१:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend