आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

माओवादीभित्र अर्काे विद्रोह, यी ठूला नेतासहित १५ जना कांग्रेसमा प्रवेश

माओवादीभित्र अर्काे विद्रोह, यी ठूला नेतासहित १५ जना कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • बुधवार, चैत्र १८ २०७७

  • 27.3K
    SHARES

  • माओवादीभित्र अर्काे विद्रोह, यी ठूला नेतासहित १५ जना कांग्रेसमा प्रवेश

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तास्वार्थमा लागेर विवादमा मुछिएपछि पार्टीभित्र विद्रोह उत्पन्न भएको छ ।

    माओवादी पार्टीले प्रगति गर्ने नदेखेपछि नेताहरू अन्य पार्टीमा लाग्न थालेका छन् । केन्द्रमा गृहमन्त्री रामबहादुर थापा, मन्त्रीहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभू साह लगायत नेताहरू एमालेतिर लागेका बेला कैलालीका माओवादी नेताहरू कांग्रेसतिर लागेका छन् ।

    माओवादी केन्द्र कैलालीका जिल्ला सचिवालय सदस्यसहित १५ जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्नेमा जिल्ला सचिवालय सदस्य गणेशबहादुर सुनार लगायत १५ जना छन् ।

    नेता सुनार कैलालीको घोडाघोडी नगरपालिका–१ बाट २०७४ सालमा माओवादी केन्द्रबाट वडाध्यक्ष पदका उम्मेदवार समेत रहेका थिए । 

    नवप्रवेशीलाई नेपाली कांग्रेस कैलालीका जिल्ला सभापति नरनारायण शाह ‘मनु’ र नेपाली कांग्रेस धनगढी नगर कार्यसमितिका सभापति तथा मेयर नृपबहादुर वडले सदस्यता र टीका लगाएर नेपाली कांग्रेस पार्टीमा स्वागत गरेका छन् ।

    सभापति शाहले नेपाली कांग्रेसको विचारमा विश्वास गरेर प्रवेश गरेका माओवादीका नेता कार्यकर्तालाई पार्टीले उचित सम्मान गर्ने बताएका छन् । ‘कम्युनिस्ट पार्टीहरूमा सत्ताका लागि भइरहेको किचलोबाट निराश भएर देशको भविष्य खोज्न नेपाली कांग्रेसमा प्रवेश गरिरहेका छन्,’ सभापति शाहले भने, ‘लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसबाहेक कसैको विकल्प छैन भनेर सबैले बुझेका छन् ।’

    नेपाली कांग्रेस धनगढी नगर कार्यसमितिका सभापति नृपबहादुर वडले कम्युनिस्टका कारण देशले दुर्दशा भोग्नुपरेको बताए । कम्युनिस्टहरू अभाव, गरीबी, जातीयता र क्षेत्रीयतामा रमाउने गरेका बताउँदै नगर सभापति वडले भने, ‘उनीहरू सर्वहाराका कुरा गर्दछन् तर सर्वहाराका कहिल्यै हुँदैनन् ।’

    नवप्रवेशी गणेशबहादुर सुनारले कम्युनिस्टहरूको व्यवहारबाट आफूहरू वाक्कदिक्क भएको बताएका छन् । ‘प्रजातान्त्रिक विचारसँग जोडिनुबाहेक हामीसँग विकल्प थिएन,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend