काठमाडौं – ओखलढुंगाको सिद्धिचरण नगरपालिका–९ का वडा सदस्य तथा नेपाली कांग्रेस वडा सभापति गुणराज खड्काले जन्मदिनको अवसरमा ३५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
वडास्थित कुन्ता मावि ज्यामिरेमा १–५ कक्षासम्मका ३५ जना विद्यार्थीलाई खड्काले शैक्षिक सामग्रीहरू कापी, पेन, पेन्सिल, इरेजर र कटरहरू वितरण गरेका छन् ।
सहयोग वितरण गर्दै खड्काले पहिला आफू पनि निकै दुःख गरेर अध्ययन गरेको स्मरण गर्दै सक्ने सहयोग गरेको बताए । खड्का स्थानीय स्तरमा समाजसेवी नेताका रूपमा परिचित छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।