शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

आज कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बस्दै, के छ एजेन्डा ?

आज कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बस्दै, के छ एजेन्डा ?

  • मिडिया डबली
  • शनिवार, चैत्र १४ २०७७

  • 3.6K
    SHARES

  • आज कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बस्दै, के छ एजेन्डा ?

    काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज शनिवार बोलाइएको छ ।

    शनिवार बिहान ११ः३० बजे आकस्मिक बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

    पौडेलका अनुसार कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीको शुक्रवार राति निधन भएकाले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बस्ने भएको छ । 

    बैठकमा जोशीको निधनबारे शोक प्रस्ताव गरिने छ । श्रद्धाञ्जलिका लागि जोशीको पार्थिव शरीर बिहान १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने कांग्रेसले जनाएको छ ।

    फागुन १४ गते मस्तिष्कघात भएर अस्पताल भर्ना भएका जोशीको शुक्रवार साँझ निधन भएको थियो । जोशीलाई १ महिनासम्म नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

    उच्च रक्तचापको औषधि सेवन गरिरहेका जोशीलाई भएको मस्तिष्कघात एकदमै जटिल खालको रहेको नर्भिक इन्टरनेसनल अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताए । मस्तिष्कघातपछि अस्पताल पुर्‍याउँदा जोशीको टाउकोमा पानी जमेको पाइएको थियो । 

    जोशीका बायाँ खुट्टा र हातमा फागुन १३ गते राति समस्या देखिएको थियो । त्यसपछि उनलाई वीर अस्पताल लगिएको थियो । वीर अस्पतालमा पुग्दासम्म जोशी बोल्न सक्ने अवस्थामा रहेका थिए । त्यसपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको हो ।

    अस्पताल पुगेदेखि नै अचेत रहेका जोशीको १ महिनाको उपचारपछि निधन भएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend