काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
कांग्रेस नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको निधन भएपछि शनिवार बिहान बैठक बोलाइएको छ ।
बैठकले नेता जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
मस्तिष्कघात भएपछि थापालथीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रवार राति ८ः२४ बजे निधन भएको थियो ।
जोशीलाई फागुन १४ गते अस्पतालमा भर्ना गरिएको हो । जोशीको निधनप्रति कांग्रेस नेताहरूले दुःख व्यक्त गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।