शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेसप्रति आकर्षण बढ्यो, एकैदिन १५० जना पार्टी प्रवेश

कांग्रेसप्रति आकर्षण बढ्यो, एकैदिन १५० जना पार्टी प्रवेश

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १३ २०७७

  • 7.2K
    SHARES

  • कांग्रेसप्रति आकर्षण बढ्यो, एकैदिन १५० जना पार्टी प्रवेश

    काठमाडौं – सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–८ मा विभिन्न पार्टी परित्याग गरी १५० जनाभन्दा बढी स्थानीय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    शुक्रबार नेपाली कांग्रेस पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ वडा कार्यसमितिद्वारा साविक लागर्चे–१ नागीडाँडा लप्सेमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा पूर्व एमाले, पूर्व माओवादी, पूर्व राप्रपा लगायत अन्य विभिन्न पार्टी परित्याग गरी १५० जनाभन्दा बढी स्थानीय नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    प्रवेश कार्यक्रममा पूर्व गृह राज्यमन्त्री नेपाली कांग्रेसका केन्द्रीय सदस्य विष्णुविक्रम थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामाको विशेष आतिथ्यता रहेको थियो ।

    पाँचपोखरी थाङ्पाल–८ का सभापति आशिष खड्काको सभापतित्वमा भएको कार्यक्रममा बाग्मती प्रदेशका प्रदेशसभा सदस्य, सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २(२) का सांसद निमा लामा, इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ, सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ का सभापति आईतमान तामाङ, उपसभापति नवराज भट्टराई लगायत थुप्रै नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा बोल्दै पूर्व गृहराज्यमन्त्री विष्णुविक्रम थापाले जनताको समृद्धि र सहयोग गर्ने पार्टी भनेको नेपाली कांग्रेस नै रहेको दाबी गरेका छन् । 

    164797240_271181087804155_6821227743610545119_n.jpg163287697_2527031794269270_2688717041880508285_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend