शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

प्रहरीले गोली प्रहार गरेपछि १ जना गम्भीर घाइते, हेलिकप्टरबाट उद्धार

प्रहरीले गोली प्रहार गरेपछि १ जना गम्भीर घाइते, हेलिकप्टरबाट उद्धार

  • मिडिया डबली
  • मंगलवार, चैत्र १० २०७७

  • 5.3K
    SHARES

  • प्रहरीले गोली प्रहार गरेपछि १ जना गम्भीर घाइते, हेलिकप्टरबाट उद्धार
    फाइल तस्बिर

    काठमाडौं – कैलालीको लम्कीमा विरोध प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली प्रहारबाट गम्भीर घाइते भएका युवकलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।

    गोली लागेर गम्भीर घाइते भएका लम्कीका स्थानीय ३० वर्षीय कृष्ण प्याकुरेललाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताएका छन् ।

    पेटमा गोली लागेका प्याकुरेललाई कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि काठमाडौं पठाइएको छ ।

    अर्का घाइते १८ वर्षीय दीपक सन्ज्यालको नेपालगञ्जमै उपचार भइरहेको छ । आज मंगलवार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना६ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएपछि तनाव उत्पन्न भएको थियो ।

    युवतीको मृत्युपछि आन्दोलित स्थानीयले राजमार्ग अवरुद्ध गर्नुका साथै टायर बालेर प्रर्दशन गरेका छन् । ईलाका प्रहरी कार्यालय घेराउ गर्दै प्रहरीमाथि आक्रमण गर्न थालेपछि गोली चलाउन बाध्य भएको प्रहरीले दाबी गरेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र १० २०७७०७:५८:०७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend