काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस विपक्षी पार्टी भएकाले विपक्षमै रहने स्पष्ट पारेका छन् ।
विराटनगरमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस तत्कालै सरकारमा नजाने स्पष्ट पारेका हुन् ।
नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सत्ता सहकार्यका लागि अफर गरेका बेला सबैको ध्यान कांग्रेसतिर रहेको थियो । तर देउवाले सरकार नबनाउने स्पष्ट घोषणा गरेका छन् ।
कांग्रेस सभापति देउवाले कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव समेत नल्याउने बताएका छन् । ‘कांग्रेसले सरकार पनि बनाउँदैन, विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन,’ उनले भने, ‘कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ ।’
केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालाप्रति श्रद्धाञ्जलि दिन सभापति देउवा विराटनगर पुगेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।