काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक आह्वान गरेका छन् ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रम र नयाँ सरकार गठन गर्ने विषयमा देउवाले सोमवार दिउँसो पार्टी कार्यालय सानेपामा बैठक आह्वान गरेका हुन् ।
अरु पार्टी र कांग्रेस भित्रैबाट एमाले अध्यक्ष केपी शर्मा ओलीको विकल्पमा नयाँ सरकारको नेतृत्व लिन सभापति शेरबहादुर देउवामाथि दबाब परिरहेका बेला बैठक बोलाइएको छ ।
नेकपा माओवादी केन्द्रले पटक–पटक सरकारको नेतृत्व दिन सभापति देउवालाई भनेपनि उनले परिस्थिति अझै परिपक्क भइनसकेको जवाफ दिने गरेका छन् ।
कांग्रेस भित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरूले समेत कांग्रेसले नयाँ सरकारको नेतृत्व लिनुपर्ने बताइरहेका छन् ।
सोमवार पूर्व पदाधिकारी सहितको बैठक बोलाएको सन्दर्भमा पौडेल पक्षले आईतवार आन्तरिक छलफल गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।