काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाका कान्छा भाइ अशोक कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ ।
बुधबार राति १ बजे उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा कोइरालाको निधन भएको छ ।
निमोनियाको समस्या झेलिरहेका कोइराला घरैमा अचानक अचेत भएपछि उनलाई बुधवार अस्पताल भर्ना गरिएको थियो । कोइराला राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष, संविधान सभाका सदस्य र विराटनगरका मेयर बनेका थिए ।
कोइराला नेपाली कांग्रेस मोरङका पूर्व सभापति समेत रहेका थिए । कोइराला हाल नेपाली कांग्रेस महासमिति सदस्य रहेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।