काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय महिला विभागको बाग्मती प्रदेशस्तरीय २ दिने भेला ५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ ।
फागुन २९ र चैत १ गते भएको भेलाले ५ बुँदे घोषणापत्र जारी गरेको छ ।
कांग्रेस केन्द्रीय महिला विभागकी सचिव लक्ष्मी खतिवडाले प्रेस विज्ञप्ति जारी गर्दै ५ बुँदे घोषणापत्र सार्वजनिक गरेको जनाएकी छन् ।
पार्टी नेतृत्वमा सभापति वा उपसभापतिमध्ये १ पदमा अनिवार्य महिलाको प्रतिनिधित्व हुनुपर्ने, सबै तहका समितिमा एकतिहाइ महिला सहभागी हुनुपर्ने, महिला हिंसा र बलात्कार जस्ता जघन्य अपराधमा संलग्नलाई कारवाही गर्नुपर्ने, बालबालिकालाई माध्यमिक तहसम्मको निःशुल्क शिक्षाको सुनिश्चितता र प्रसूति स्वास्थ्य सेवालाई सर्वसुलभ तथा निःशुल्क भनिए पनि त्यो कार्यान्वयन नभएको भन्दै कार्यान्वयन गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ ५ बुँदा घोषणापत्र –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।