शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

नयाँ सरकार बनाउनुअघि के चाहन्छ कांग्रेस ?

नयाँ सरकार बनाउनुअघि के चाहन्छ कांग्रेस ?

  • मिडिया डबली
  • आइतवार, चैत्र १ २०७७

  • 3.8K
    SHARES

  • नयाँ सरकार बनाउनुअघि के चाहन्छ कांग्रेस ?

    काठमाडौं – नयाँ सत्ता समीकरणका लागि दलबीच दौडधूप चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नेतृत्वका लागि उचित वातावरणको खोजी गर्न थालेको छ ।

    कांग्रेसले उचित वातावरण बनेमा आफू नेतृत्व लिन तयार रहने समेत स्पष्ट पारेको छ । तर कांग्रेसले भरपर्दो वातावरणको सुनिश्चितता भइनसकेको बताएको छ ।

    कांग्रेसले नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट भरपर्दो विश्वासको वातावरण खोजिरहेको छ ।

    कांग्रेस आन्तरिक रुपमा त्यसतर्फ अघि बढिरहेको छ । कांग्रेसभित्र सरकारको नेतृत्व लिने पक्षमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला एकमत छन् । वरिष्ठ नेता पौडेल र सिटौलाले देउवालाई सरकारको नेतृत्वका लागि अघि सर्न आग्रह समेत गरिरहेका छन् ।

    यद्यपि देउवा केही दिन अघिसम्म कांग्रेस नेतृत्वमा जान नहुने अडानमा थिए । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकारको विकल्प खोज्न कांग्रेस तयार रहेको बताए तर हतार नगरी भरपर्दो वातावरणको सुनिश्चितता कांग्रेसले खोजिरहेको उनले बताए ।

    ‘सरकारको नेतृत्व लिन कांग्रेस तयार छ तर हतार गर्ने कुरा होइन, जोडघटाउको कुरा हुन्छ । त्यसका लागि भरपर्दो वातावरण बनाउँदै अघि बढ्नुपर्छ,’ कांग्रेस सहमहामन्त्री महतले भने ।

    कांग्रेसले नयाँ सरकारमा सत्ता सहकार्यबारे शुक्रवार जसपाका नेतासँग पदाधिकारीसहित छलफल गरेको थियो । सोक्रममा जसपाका नेताले प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको कांग्रेसले नै सरकारको नेतृत्व लिएर मुलुकलाई राजनीतिक गतिरोधबाट मुक्त गर्नुपर्ने धारणा राखेका थिए ।

    कांग्रेससँग सहकार्य गर्ने पक्षमा माओवादी केन्द्रसमेत अघि बढिसकेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति देउवालाई पटक–पटक भेटेर सरकारको नेतृत्व लिने दिशामा अग्रसर हुन आग्रह गर्दै आइरहेका छन् ।

    शुक्रवार देउवानिवास बुढानीलकण्ठमा भएको कांग्रेस पदाधिकारी र जसपा शीर्ष नेतृत्वबीचको छलफलमा समेत सत्ता सहकार्यका लागि गठबन्धन बनाउने सहमति बनेको थियो । बैठकमा जसपा नेताले ओलीले नेतृत्व गरेको एमालेबाहेकका दलबीच गठबन्धन बनाएर सरकारको नेतृत्व लिन कांग्रेसलाई शर्त सहितको प्रस्ताव गरेका थिए ।

    जसपाका नेताले कांग्रेस नेतृत्वसँग संविधान संशोधन, आफ्ना नेता तथा कार्यकर्ताको रिहाइ र नागरिकता समस्या समाधानको एजेन्डा पेश गरेका थिए । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend