शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

बल्ल ताते शेरबहादुर देउवा, पदाधिकारी बैठक गरेर जसपासँग वार्ता

बल्ल ताते शेरबहादुर देउवा, पदाधिकारी बैठक गरेर जसपासँग वार्ता

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 7.3K
    SHARES

  • बल्ल ताते शेरबहादुर देउवा, पदाधिकारी बैठक गरेर जसपासँग वार्ता

    काठमाडौं – प्रतिनिधि सभामा बहुमत प्राप्त दल नेकपा बदर भएर नेकपा एमाले र माओवादी केन्द्र पुनर्जीवित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बल्ल तातेका छन् ।

    सत्ता समीकरण फेरबदलमा खासै चासो नदेखाएका सभापति देउवाले शुक्रबार पदाधिकारी बैठक बोलाएका छन् । त्यसलगत्तै जनता समाजवादी पार्टी (जसपा) सँग वार्ता हुने कार्यक्रम छ ।

    सभापति देउवाले पार्टीको साझा धारणा बनाउन कांग्रेस पदाधिकारीको बैठक बोलाएका छन् । देउवाले सरकारमा जाने विषयमा साझा धारणा बनाउन पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक दिउँसो ३ बजे बुढानिलकण्ठमा बोलाएका छन् ।

    पदाधिकारी बैठकपछि अपराह्न ४ बजे जसपासँग छलफल हुने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा अपराह्न ४ बजे जसपासँग वार्ता हुने कांग्रेस स्रोतले जनाएको छ ।

    सरकारमा जाने विषयमा नेपाली कांग्रेस र जसपाले साझा धारणा बनाएर अघि बढ्नेबारे छलफल हुने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका शीर्ष नेताबीच बिहीबार छलफल भइसकेको छ । छलफलमा जसपाका माग पूरा गर्न प्रधानमन्त्री ओली सकारात्मक देखिएका जनाइएको छ ।

    प्रधानमन्त्री ओलीले रेशम चौधरीको रिहाइ, मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता र संविधान संशोधन गर्नै वचन दिएपछि जसपाले अन्य दलहरूसँग पनि छलफल सुरू गरेको छ ।

    यसअघि नेकपा माओवादी केन्द्रले जसपा र कांग्रेससँग छलफल गरेको थियो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभापति देउवा र जसपाका नेताहरूसँग सत्ता समीकरणबारे छलफल गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend