काठमाडौं – सडक दुर्घटनामा परेर सोरु गाउँपालिकाका नेपाली कांग्रेसका नेता जयकर्ण मल्लको निधन भएको छ ।
बुधवार राति ९ बजेतिर बाँकेस्थित पिपलचोकमा जेब्राक्रसिङबाट सडक पार गर्ने क्रममा भे१क ११०० नम्बरको ट्रकले ठक्कर दिँदा ३७ वर्षीय मल्लको घटनास्थलमै निधन भएको कांग्रेस जिल्ला कार्यसमितिका पार्टी सभापति खड्गबहादुर शाहीले जानकारी दिए ।
सोरु गाउँपालिका–११ धैनकोट निवासी मल्ल गाउँले बिरामीको उपचार गर्न नेपालगञ्ज झरेका बेला ट्रक दुर्घटनामा मृत्यु भएको शाहीले बताएका छन् । चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाली कांग्रेस मुगु जिल्ला कार्यसमितिले १ वर्षअघि मल्ललाई सोरु गाउँपालिकाको सभापति चयन गरेको थियो ।
बिहीवार बिहान नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले ट्रक चालकलाई कडा कानूनी कारबाहीसहित क्षतिपूर्ति माग गर्ने निर्णय गरेको छ । १३ दिनसम्म पार्टी कार्यालयको झण्डा झुकाइने समेत नेपाली कांग्रेसले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।