शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेस नेता तथा पूर्वमन्त्री बस्नेतबाट बाढीपीडितको घर शिलान्यास 

कांग्रेस नेता तथा पूर्वमन्त्री बस्नेतबाट बाढीपीडितको घर शिलान्यास 

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण २५ २०७७

  • 4.7K
    SHARES

  • कांग्रेस नेता तथा पूर्वमन्त्री बस्नेतबाट बाढीपीडितको घर शिलान्यास 

    काठमाडौं – सिन्धुपाल्चोक जिल्ला १ नम्बर निर्वाचन क्षेत्रस्थित सुनकोसी गाउँपालिका–६ धुसेनिमा गत भदौ १४ गते आएको बाढीपहिरोले ३ घर परिवार विस्थापित बनायो । 

    यस दुःखद् घडीमा पूर्व सूचना तथा सञ्चारमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले सुनकोशी गाउँपालिका र सुनकोशीको ६ नम्बर वडाले सयुक्त रूपमा बजेट विनियोजन गरी पीडितको घर निर्माण गरिने घोषणा गरेका थिए ।

    घोषणा बमोजिम मंगलबार पूर्वमन्त्री मोहनबहादुर बस्नेत, नेपाली कांग्रेस सिन्धुपाल्चोक १ नम्बर निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, सुनकोशी गाउँपालिका प्रमुख श्रवण कुमार जिसि र सुनकोशी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रामकुमार थापाको उपस्थितिमा मंगलवार पीडितहरूको घरको शिलान्यास भएको छ ।

    नेपाली कांग्रेस सिन्धुपाल्चोक १ नम्बर क्षेत्रका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले आफ्नो व्यक्तिगत तर्फबाट प्रतिपीडित परिवार २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

    158629102_438217297449387_2693081868137405955_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend