शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

नेकपा फुटेपछि के सोच्दैछन् देउवा ? १४१ सांसदको समर्थनमा प्रधानमन्त्री हुने मौका !

नेकपा फुटेपछि के सोच्दैछन् देउवा ? १४१ सांसदको समर्थनमा प्रधानमन्त्री हुने मौका !

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण २५ २०७७

  • 11.2K
    SHARES

  • नेकपा फुटेपछि के सोच्दैछन् देउवा ? १४१ सांसदको समर्थनमा प्रधानमन्त्री हुने मौका !

    काठमाडौं – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित नभएको भन्दै कुनै पनि पक्षसँग सहकार्य नगरेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वाेच्च अदालतले नेकपा फुटाइदिएपछि के सोचिरहेका होलान् ?

    कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी गरेको स्रोतले जनाएको छ ।

    सभापति शेरबहादुर देउवाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने समय आइसकेको भन्दै आफू निकटसँग छलफल गरेका छन् । प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव लैजान सहयोग माग्दा नेकपा नफुटेको भन्दै देउवाले सहकार्य गरेका थिएनन् ।

    सर्वोच्चले नेकपा ऋषि कट्टेलको भएको ठहर गर्दै नेकपा एमाले) र नेकपा माओवादी केन्द्रलाई अलग–अलग गरिदिएपछि आएको मौकामा प्रधानमन्त्री हुन देउवा तम्सिएका उच्च स्रोतको दाबी छ ।

    सभापति देउवाले माओवादी केन्द्र र जनता समाजवादीलाई विश्वासमा लिएर आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन गृहकार्य अगाडि बढाएका छन् ।

    ‘अब नेपाली कांग्रेस संसदमा रहेका दलसँग परामर्श गरेर प्रधानमन्त्रीबाट ओलीलाई बिदाइ गर्ने बाटोमा जानेछ,’ सभापति देउवानिकट नेताले भने ।

    कांग्रेसले संसदमा रहेका दलसँग भएका सांसदबारे हिसाबकिताब गरिरहेको छ । सबै हिसाबकिताब र आन्तरिक तयारी गरेपछि कांग्रेसले समर्थन जुटाउन छलफल थाल्ने भएको छ । देउवाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बाट समर्थन पाउने आश गरेका छन् ।

    प्रतिनिधि सभामा नेपाली कांग्रेसका ६३ सांसद रहेका छन् । जसमध्ये उपसभापतिसमेत रहेका विजयकुमार गच्छदार र सांसद मोहम्मद अफताब आलम निलम्बनमा रहेका छन् । यसरी हाल कांग्रेससँग ६१ सांसद रहेका छन् ।

    प्रचण्डको नेतृत्वमा रहेको संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रका ५३ सांसद रहेका छन् । यीमध्ये अग्निप्रसाद सापकोटा सभामुख बनेका छन् । ५२ सांसदमध्ये ४ जना प्रधानमन्त्री ओलीतिर रहेका छन् । मन्त्री रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभू साह, गौरीशंकर चौधरी माओवादीमा नफर्किए माओवादी केन्द्रसँग ४८ जना मात्रै बाँकी रहन्छन् ।

    जसपामा ३४ सांसद रहेका छन् । यी सांसदमध्ये पप्पु यादव र रेशम चौधरी निलम्बनमा रहेका छन् । हाल जसपासँग ३२ सांसद मात्रै रहेका छन् ।

    नेपाली कांग्रेसको ६१, माओवादीको ४८ र जसपाका ३२ जना सांसद गठबन्धनमा आए भने १४१ सांसद संख्या पुग्ने हिसाब कांग्रेसँग छ । यति सांसदको समर्थन पाएमा देउवाको नेतृत्वमा बहुमतको सरकार बन्न सक्ने देखिएको छ । बहुमतको सरकार बनाउन प्रतिनिधि सभामा १३८ जना सांसदको समर्थन चाहिन्छ ।

    आगामी भदौमा कांग्रेसको १४ औं महाधिवेशन समेत भएकाले आफू प्रधानमन्त्री बन्दा महाधिवेशनमा समेत प्रभाव देखाउन सकिने निष्कर्षमा पुगेर सभापति देउवा प्रधानमन्त्री बन्न तयार रहेका स्रोतले जनाएको छ । देउवाकै नेतृत्वमा सरकार बनाउन सक्ने अवस्था नभए कांग्रेसले मध्यावधि चुनावको विकल्प रोज्ने समेत स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend