शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेसको विरोध थाम्नै नसकेपछि सभामुख सापकोटाले गरे यस्तो घोषणा

कांग्रेसको विरोध थाम्नै नसकेपछि सभामुख सापकोटाले गरे यस्तो घोषणा

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २३ २०७७

  • 45.0K
    SHARES

  • कांग्रेसको विरोध थाम्नै नसकेपछि सभामुख सापकोटाले गरे यस्तो घोषणा

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चर्काे विरोध थाम्न नसकेपछि सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित गरेका छन् ।

    सभामुख सापकोटाले फागुन २६ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् । 

    प्रतिनिधिसभा पुनःस्थापनापछि पहिलो पटक आईतबार बसेको प्रतिनिधिसभा बैठकमा हंगामा भएपछि १० मिनेटसम्म स्थगित गरिएको थियो । त्यसपछि पनि बैठक बस्न नसक्ने देखेपछि स्थगित गरिएको हो ।

    सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संसदमा पेश गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको छ ।

    संसदको कार्यसूचीमा अध्यादेशलाई राखिएको विरोधमा प्रचण्ड–नेपाल पक्षीय सांसदहरूले यसअघि नै संसद् बैठक बहिष्कार गरेर बाहिरिएका थिए । त्यसपछि कांग्रेसले विरोध सुरू गरेको हो ।

    सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग गर्दै कांग्रेसले नाराबाजी गरेको छ । सभापति शेरबहादुर देउवासहित कांग्रेस सांसदहरूले उभिएर अगाडि आउँदै नाराबाजी गरिरहेका छन् । असंवैधानिक अध्यादेश फिर्ता गर भन्दै सांसदहरूले नाराबाजी गरिरहेका छन् ।

    कांग्रेसको विरोधका बाबजुद अध्यादेश पारित गर्ने प्रक्रियालाई सभामुख अग्नि सापकोटाले अगाडि बढाएपछि कांग्रेस आक्रोशित बनेको छ ।

    यसअघि प्रचण्ड–नेपाल पक्षले समेत बैठक बहिष्कार गरिसकेको छ । आईतवारको प्रतिनिधिसभा बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेशहरू पेश गर्ने कार्यसूची राखेको विरोधमा बैठक बहिष्कार गरिएको हो ।

    बैठकको सुरूमै प्रचण्ड–नेपाल पक्षका सांसद भीम रावलले प्रतिनिधि सभामा शोक प्रस्ताव पारित गर्ने दिन कार्यसूचीमा अन्य विषय नराखिने प्रचलन भएको भन्दै अध्यादेश पेश गर्ने कार्यसूची राखेकामा विरोध जनाएपछि हंगामा सुरू भएको थियो ।

    सभामुख अग्निप्रसाद सापकोटाले सरकारले ल्याएका अध्यादेश संसद बैठक सुरू भएकै दिन पेश गर्नुपर्ने कानूनी बाध्यता रहेकाले अध्यादेशलाई कार्यसूचीमा राखिएको प्रस्टीकरण दिएका थिए । तर भीम रावलले आफूहरूको विरोध रहेको जवाफ फर्काए ।

    सभामुख सापकोटाले विरोध रहे पनि संसद बैठक अघि बढाउने बताएपछि प्रचण्ड–नेपाल पक्षका सांसद बैठक बहिष्कार गरेर हलबाट बाहिरिएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend