शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

शेरबहादुर देउवा नर्भिक अस्पताल पुगे

शेरबहादुर देउवा नर्भिक अस्पताल पुगे

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण २१ २०७७

  • 7.4K
    SHARES

  • शेरबहादुर देउवा नर्भिक अस्पताल पुगे

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले नर्भिक अस्पताल पुगेर उपचाररत नेता गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    कांग्रेस संसदीय दलको बैठक सकिएपछि शुक्रवार साँझ देउवा श्रेष्ठलाई भेट्न नर्भिक अस्पताल पुगेका जनाइएको छ ।

    देउवाले श्रेष्ठलाई भेटेर स्वास्थ्य लाभका कामना पनि गरेका छन् ।

    कांग्रेस संगठन विभाग प्रमुख समेत रहेका श्रेष्ठलाई श्वास फेर्न समस्या भएपछि आईतवार नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

    आईतवार सीसीयूमा राखेर उपचार गरिए पनि हाल स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ ।

    सोमवारबाट सामान्य शय्यामा सारेर श्रेष्ठको उपचार भइरहेको छ । श्रेष्ठको उपचारमा कार्डियोलोजिस्ट डा. जेपी जैसवाल संलग्न रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend