शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेस संसदीय दलमा अविश्वास प्रस्तावबारे छलफल, यस्ता छन् निर्णय

कांग्रेस संसदीय दलमा अविश्वास प्रस्तावबारे छलफल, यस्ता छन् निर्णय

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण २१ २०७७

  • 7.4K
    SHARES

  • कांग्रेस संसदीय दलमा अविश्वास प्रस्तावबारे छलफल, यस्ता छन् निर्णय

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने विषयमा नेपाली कांग्रेस संसदीय दलको बैठकमा छलफल भएको छ ।

    शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा अविश्वासको प्रस्ताव लैजानेबारे घनिभुत छलफल भए पनि कुनै निर्णय भएन ।

    कांग्रेसकी प्रतिनिधिसभा सचेतक पुष्पा भुसालले भनिन्, ‘सर्वोच्च अदालतले गरिदिएको संसद पुनर्स्थापनालाई स्वागत गर्ने निर्णय गरियो । अविश्वासको प्रस्ताव लैजानेबारे गम्भीर छलफल भयो तर त्यससम्बन्धमा कुनै निर्णय भएको छैन ।’

    पार्टी संसदीय दलको बैठकले कोरोना खोप सहज रुपमा उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय समेत गरेको उनले जानकारी दिइन् ।

    बैठकमा सभापति शेरबहादुर देउवाले कानुनी रुपमा नेकपा विभाजन भई नसकेकाले सोचेर कदम चाल्नुपर्ने राय राखेका थिए ।

    नेकपा प्रचण्ड–नेपाल पक्षले भने सभापति देउवालाई प्रधानमन्त्री बन्न अफर गरेको थियो । कांग्रेसले यसबारे कुनै जवाफ दिइसकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend