काठमाडौं - केपी ओली नेतृत्वको सरकारका मन्त्रीहरू कोहीभन्दा कोही कम देखिएका छैनन् । विभिन्न उट्पट्याङका कारण चर्चामा आउने गरेका छन् ।
प्रधानमन्त्री ओली आफैं यो मामिलामा अगाडि छन् । झन् उनका मन्त्रीका चर्तिकलाले नेपाली जनतालाई लाजमर्दो बनाएको छ ।
यसैक्रममा कृषि तथा पशुपन्क्षी विकासमन्त्री पद्मा अर्याल फेरि विवादमा परेकी छन् । गृहजिल्ला स्याङ्जामा आयोजित वडास्तरीय कार्यक्रममा हेलिकप्टर चढेर पुगेसँगै उनको चर्चा चुलिएको छ ।
वडास्तरीय भलिबल प्रतियोगिताको उद्घाटन गर्न कृषि तथा पशुपन्छी विकासमन्त्री अर्याल हेलिकप्टर लिएर स्याङ्जा पुगेकी हुन् ।
स्याङजाको बिरुवा गाउँपालिका–६ चिन्नेबासमा चौथो अध्यक्ष कप वडास्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगितामा भाग लिन मन्त्री अर्याल हेलिकोप्टर चढेर पुगेकी हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।