शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

नेपाली कांग्रेस बैठकले गर्‍यो निर्णय, के रह्यो सामूहिक निष्कर्ष ?

नेपाली कांग्रेस बैठकले गर्‍यो निर्णय, के रह्यो सामूहिक निष्कर्ष ?

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २० २०७७

  • 20.3K
    SHARES

  • नेपाली कांग्रेस बैठकले गर्‍यो निर्णय, के रह्यो सामूहिक निष्कर्ष ?

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले सरकारमा जाने विषयमा हतारमा कुनै निर्णय नगर्ने निर्णय गरेको छ ।

    बिहीवार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले राजनीतिक निकासका विभिन्न पक्षमा छलफल गरे पनि संसदीय दलको बैठकपछि निर्णय गर्ने सामूहिक निष्कर्ष निस्किएको छ ।

    नेपाली कांग्रेसभित्र पुनःस्थापित प्रतिनिधि सभालाई कसरी उपयोग गर्ने भन्ने विषयमा पार्टी सभापति शेरबबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक–फरक मत रहँदै आएको छ ।

    सभापति, महामन्त्री लगायतका पदाधिकारीहरू कांग्रेस पक्ष निर्णायक हुने गरी परिवर्तित अवस्थाको उपयोग गर्ने पक्षमा छ भने रामचन्द्र पौडेल भने सत्तारुढ नेकपाको ओली पक्ष बाहेकको शक्तिसँग मिलेर राजनीतिक निकास दिनुपर्ने पक्षमा देखिएका छन् ।

    पार्टीले हतार नगरी परिपक्व ढंगले ठीक समयमा ठीक निर्णय गर्ने निष्कर्ष निस्किएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    पदाधिकारी बैठकमा पार्टीले ठोस निर्णय गर्न नगरे पनि कांग्रेसले राजनीतिक निकासका लागि सांसदहरूको राय लिने प्रवक्ता शर्माले बताए । बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय दलको बैठकमा सांसदहरूको विचार लिने र प्रतिनिधि सभाको बैठक बस्ने दिनसम्म विकसित हुने राजनीतिक घटनाक्रमलाई विश्लेषण गरेर कांग्रेसले निर्णय गर्ने जानकारी दिए ।

    ‘बैठकमा साझा धारणा बनाउने र ठीक समय आएपछि निर्णयमा पुग्ने सहमति भएको छ । इन्जुरी टाइममा गोल गरेको भन्दा हुन्छ,’ प्रवक्ता शर्माले भने, ‘अहिले हामी एक खालको मनोविज्ञानमा पुगेका छौं । तर ठोस निर्णय संसदीय दलको बैठकमा सांसदहरूको धारणाका साथ गर्छौं । अविश्वासको प्रस्तावको प्रस्तावकको रूपमा जान्छौं कि अगुवाइ नै गरेर जान्छौं भन्ने कुरा त्यहीँ थाहा हुन्छ ।’

    नेपाली कांग्रेसले सांसदहरूको धारणा लिन शुक्रवार संसदीय दलको बैठक बोलाएको छ । शुक्रवार नै नेकपा प्रचण्ड–माधव पक्षले नेपाली कांग्रेसका पदाधिकारीसँग छलफल गर्ने तयारी समेत गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend