शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढक्ढक्याइरहेको छ तर स्वागत गरिसकेको छैन

प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढक्ढक्याइरहेको छ तर स्वागत गरिसकेको छैन

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २० २०७७

  • 5.7K
    SHARES

  • प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढक्ढक्याइरहेको छ तर स्वागत गरिसकेको छैन

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढक्ढक्याए पनि पार्टी छलफलमै रहेको बताएका छन् ।

    पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्डमा बसिरहेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकका बेला सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता शर्माले पार्टीमा छलफल जारी रहे पनि हालसम्म कुनै निर्णय नभएको जानकारी दिए ।

    राजनीतिक रूपमा विभाजित सत्तारुढ नेकपाको दुबै पक्षले कांग्रेसलाई प्रधानमन्त्री प्रस्ताव गरिरहेको जानकारी दिँदै शर्माले पार्टीले सोचविचार गरी निर्णय लिने जानकारी दिए ।

    ‘नेकपाका २ समूह, सञ्चारमाध्यम र आमसर्वधारणले प्रतिनिधिसभा पुनःस्थापनापछि कांग्रेसलाई हेरिरहेका छन् । प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढक्ढक्याइरहेको छ । तर कांग्रेसले ढोका खोलेर स्वागत गरिसकेको छैन । अहिले झ्यालबाट मात्रै हेरिरहेका छौं ।’

    सभापति देउवा नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षसँग मिलेर सरकार बनाउन तयार भए पनि औपचारिक लिखित प्रस्तावको पर्खाइमा रहेको जनाइएको छ ।

    पदाधिकारी बैठकमा भावी सरकार गठन, त्यसको कांग्रेसको भूमिका र नेकपा विभाजनका आयामबारे छलफल चलिरहेको छ ।

    बुधवार महामन्त्री शशांक कोइरालाले नेकपाको प्रचण्ड–नेपालसँग मिलेर सत्ता सहकार्य गर्नुपर्ने सार्वजनिक रूपमै बताएपछि कांग्रेसभित्र सरकारमा जाने विषयमा देखिएको मतभेद अन्त्य भएको स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend