काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले कसैसँग प्रधानमन्त्री पद नमागेको तर ‘अफर’ आए नछोड्ने जनाएका छन् ।
बुधवार चितवनमा आयोजित कार्यक्रममा बोल्दै देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी पाए नछोड्ने घोषणा गरे ।
‘मैले प्रधानमन्त्री मागेको छैन । जिम्मेवारी पाए छोड्दिनँ,’ उनले भने । देउवाले आफूलाई प्रधानमन्त्री बन्न हतार नभएको तर जिम्मेवारी दिए स्वीकार गर्ने बताए ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ पक्षमा विभाजित भएको छ । एउटा पक्षको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरिरहेका छन् ।
फागुन ११ गते सर्वोच्च अदालततले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि नेकपाका दुबै पक्षले देउवालाई प्रधानमन्त्रीको ‘अफर’ गरेका सूचना सार्वजनिक भएका छन् ।
देउवाले पार्टीको आधिकारिकता विवाद पहिला समाधान गर्न प्रचण्ड–नेपाल र प्रधानमन्त्री ओलीलाई सुझाव समेत दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।