काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशी गम्भीर बिरामी भएर स्वास्थ्य अवस्था सुधार भइरहेको बेला अर्का पूर्वमन्त्री अचानक अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् ।
नेपाली कांग्रेसका नेता, पूर्व उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ अचानक अस्वस्थ्य भई अस्पताल भर्ना भएका हुन् ।
नेता श्रेष्ठ मधुमेह र ग्यास्टाइटिसका बिरामी रहेकाले सास फेर्न समस्या भएपछि नर्भिक अस्पताल भर्ना गरिएको उनका सहयोगी सुयोग चापागाईले बताएका छन् ।
नेता श्रेष्ठको नर्भिक अस्पतालमा उपचारत भइरहेको कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले जनाएका छन् ।
डा. कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसका नेता, पूर्व उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ अचानक अस्वस्थ्य भई नर्भिक अस्पतालमा उपचारत हुनुहुन्छ, उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । जय नेपाल !’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।