आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

नेकपा नफुट्दासम्म कसैसँग सहकार्य नगर्ने कांग्रेसको निर्णय, प्रचण्डलाई धक्का !

नेकपा नफुट्दासम्म कसैसँग सहकार्य नगर्ने कांग्रेसको निर्णय, प्रचण्डलाई धक्का !

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण १३ २०७७

  • 7.6K
    SHARES

  • नेकपा नफुट्दासम्म कसैसँग सहकार्य नगर्ने कांग्रेसको निर्णय, प्रचण्डलाई धक्का !

    काठमाडौं – प्रतिनिधिसभा पुनःस्थापनासँगै सत्ता समीकरणबारे चर्चा भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने निर्णय गरेको छ ।

    बिहीवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले प्रतिनिधिसभा पुनःस्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा गरेको छ ।

    बैठकमा सभापति देउवाले नेकपाका दुवै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै सुझाव मागेका थिए ।

    ‘नेकपाको विवाद अन्तिम टुंगो नलागेसम्म कांग्रेस कसैको पक्ष वा विपक्षमा उभिन सक्दैनौं भन्ने हाम्रो निष्कर्ष रहेको छ,’ बैठकपछि नेता अर्जुननरसिंह केसीले भने ।

    प्रतिनिधिसभा चुनावमा जनताले पनि प्रतिपक्षमा बस्ने जनादेश दिएको भन्दै कांग्रेसका नेताहरूले सरकारमा जान हतार गर्न नहुने सुझाव दिएका छन् । नेकपा विभाजन भएर सरकार बन्नै नसक्ने अवस्था आए मात्र सहकार्यबारे पार्टीमा छलफल गर्नु उपयुक्त हुने सुझाव दिइएको छ ।

    यसअघि कांग्रेसको सहयोग माग्दै प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल देउवालाई भेट्न पुगेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend