शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

देउवा निवासमै नेपाली कांग्रेसले बोलायो बैठक, प्रचण्डको अफरबारे के होला निर्णय ?

देउवा निवासमै नेपाली कांग्रेसले बोलायो बैठक, प्रचण्डको अफरबारे के होला निर्णय ?

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण १३ २०७७

  • 5.8K
    SHARES

  • देउवा निवासमै नेपाली कांग्रेसले बोलायो बैठक, प्रचण्डको अफरबारे के होला निर्णय ?

    काठमाडौं – सर्वाेच्च अदालतले संसद पुनःस्थापना गरेपछि नेपाली कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ ।

    पार्टीको आगामी भूमिकाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि पदाधिकारी बैठक बोलाएका छन् ।

    बुढानिलकण्ठस्थित देउवा निवासमा बस्ने बैठकमा पदाधिकारीसहित पूर्व पदाधिकारीहरूलाई पनि बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

    बैठकमा संसद पुनःस्थापनापछि कांग्रेसको आगामी रणनीति, विकसित राजनीतिक घटनाक्रम, नेकपा प्रचण्ड–नेपाल पक्षको प्रस्ताव लगायतबारे छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।  

    यसअघि हिजो बुधबार दिउँसो सभापति देउवासँग नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बूढानीलकण्ठस्थित देउवा निवासमै पुगेर छलफल गरेका छन् ।

    छलफलमा प्रचण्ड र नेपालले मिलेर अघि बढ्ने प्रस्ताव सभापति देउवालाई गरेका छन् । तर सभापति देउवाले पार्टीभित्र छलफल गरेर आफू निर्णयमा पुग्ने जवाफ दिएका छन् ।

    संसद् पुनःस्थापनासँगै पार्टीको आगामी भूमिकाबारे कांग्रेसले संसदीय दलमा छलफल गर्ने भएको छ । सभापति देउवाका अनुसार पदाधिकारी बैठकपछि संसदमा आफ्नो भूमिका तय गर्न कांग्रेसले संसदीय दल बैठक पनि बोलाउने छ ।

    हिजो बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रम देउवाले चाँडै संसदीय दलको बैठक बोलाउने जनाएका छन् ।

    नेकपा २ पक्षमा विभाजित भएको अवस्थामा अविश्वास प्रस्तावदेखि नयाँ सरकार निर्माणसम्म कांग्रेसको आगामी भूमिकालाई चासो साथ हेरिँदैछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend