काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले केही गर्दैन भनेर उतिबेला जनताले भोट नदिएको भएपनि अहिले सबैलाई कांग्रेस नै चाहिएको बताएका छन् ।
बुधबार महेन्द्र नारायण निधिको ९९ औं जन्म जयन्तीको अवसरमा आयोजित ‘अहिंसा र शान्ति ः आजको सन्दर्भमा’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले कांग्रेसप्रति आकर्षण बढेकोमा सबैलाई धन्यवाद दिए ।
‘कांग्रेसले केही गर्दैन भनेर जनताले हराए, भोट दिएनन् । अहिले कांग्रेस चाहियो भन्नुपरेको छ,’ उनले भने, ‘कांग्रेसबाट आशा गर्नुभएकोमा सबै नेपाली जनता, बुद्धिजिवी, पत्रकार जगत सबैलाई धन्यवाद छ । कांग्रेसप्रति आकर्षण बढेको बुझेको छु ।’
सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा राम्रो हुने सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीले संसदमा बहुमत पुर्याउन नसके प्रधानमन्त्री पद छाड्दा राम्रो हुने देउवाले बताए । तर ओलीको पार्टीको कुरा भएकाले आफूहरूले दबाब नदिने देउवाले बताए ।
उनले सर्वाेच्च अदालतको संसद पुनःस्थापना गर्ने फैसलाले नेपालमा न्याय र प्रजातन्त्रको जीत भएको बताए । ‘नेपालमा न्यायको जीत भएको छ, प्रजातन्त्रको जीत भएको छ । अदालतले राम्रो निर्णय गरेर नेपालमा फेरि संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको छ,’ उनले भने, ‘मलाई विश्वास छ ओलीले अदालतको निर्णय पछाडि कि त आफ्नो बहुमत पुर्याउनुपर्यो संसद्मा, होइन भने छोड्दा राम्रो हुन्छ । तर उहाँलाई यसो गर, उसो गर भन्ने कुरा छैन । उहाँहरूको पार्टीको कुरा हो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।