शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक विशेष

प्रचण्ड–माधव बूढानीलकण्ठ जाँदै, दिउँसो १ बजेदेखि छलफल हुदै

प्रचण्ड–माधव बूढानीलकण्ठ जाँदै, दिउँसो १ बजेदेखि छलफल हुदै

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १२ २०७७

  • 5.4K
    SHARES

  • प्रचण्ड–माधव बूढानीलकण्ठ जाँदै, दिउँसो १ बजेदेखि छलफल हुदै

    काठमाडाैं- नेकपाको एउटा धारकाे नेतृत्व गरिरहेका पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दैछन्।

    प्रचण्ड र नेपाल देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ जाँदैछन्। उनीहरूबीच दिउँसो १ बजेदेखि छलफल हुने देउवानिकट एक नेताले जानकारी दिएका छन्।

    आज चितवनमा तय गरिएको कार्यक्रमका लागि हिजो चितवन पुगेका दाहाल र नेपाल सर्वाेच्च अदालतको हिजैको फैसलापछि कार्यक्रम नगरेरै काठमाडाैं फर्किएका हुन्।

    मंगलबार सर्वाेच्चले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन फैसला गरेको थियो। विकसित राजनीतिक घटनाक्रम र आगामी योजनाबारे प्रचण्ड–नेपालले देउवासँग भेट गर्न लागेका हुन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend