शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

नेपाली कांग्रेसका पूर्व सांसदको निधन, पार्टी शोकमा 

नेपाली कांग्रेसका पूर्व सांसदको निधन, पार्टी शोकमा 

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १० २०७७

  • 5.0K
    SHARES

  • नेपाली कांग्रेसका पूर्व सांसदको निधन, पार्टी शोकमा 

    काठमाडौं – नेपाली कांग्रेस चितवनका नेता तथा पूर्व सांसद एकनाथ रानाभाटको निधन भएको छ ।

    चितवनको रत्ननगर नगरपालिका–१४ पिठुवाका ६६ वर्षीय रानाभाटको सोमवार उपचारको क्रममा निधन भएको हो । 

    रानाभाटको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पुर्‍याएको योगदानको स्मरण गर्दै दुःख व्यक्त गरेका छन् । चितवन कांग्रेसका पूर्व सचिव समेत रहेका रानाभाट हाल कांग्रेसको महासमिति सदस्य रहेका थिए । 

    उनी २०५६ सालको आमनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

    उनको पार्थिव शरीरलाई मंगलवार बिहान साढे ८ देखि साढे ९ बजेसम्म चितवन कांग्रेसको कार्यालयमा राखेपछि देवघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend