शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

हृदयघातबाट कांग्रेस नेताको निधन

हृदयघातबाट कांग्रेस नेताको निधन

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ७ २०७७

  • 10.2K
    SHARES

  • हृदयघातबाट कांग्रेस नेताको निधन

    काठमाडौं – नेपाली कांग्रेस ओखलढुंगाका नेता मित्रसेन दाहालको हृदयघातबाट निधन भएको छ ।

    कांग्रेस महासमिति सदस्य समेत रहेका दाहालको शुक्रवार काठमाडौंस्थित ओम अस्पतालमा निधन भएको छ ।

    दाहालको निधनमा पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

    दाहालले पार्टी संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिकालाई देउवाले स्मरण गरेका छन् ।

    ‘कांग्रेस ओखलढुंगाका नेता, महासमिति सदस्य मित्रसेन दाहालको असामयिक निधनको खबरले मलाई अत्यन्त दुःख लागेको छ,’ उनले भने, ‘स्वर्गीय दाहालले पार्टीको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्दै उहाँको आत्माको चिरशान्तिको कामनाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

    12.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend