शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक विशेष

कांग्रेस गरिब भएकै हो त ?

कांग्रेस गरिब भएकै हो त ?

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ७ २०७७

  • 3.6K
    SHARES

  • कांग्रेस गरिब भएकै हो त ?

    काठमाडौं - पछिल्लो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्ना अभिव्यक्ति र कार्यशैलीका कारण चर्चामा आएका छन् ।

    पार्टी केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई पेल्दै आएका देउवाले बिहीबार गण्डकी प्रदेशमा गएर ‘कांग्रेससँग पैसा छैन, ठूल्ठूला जुलुस गर्न सक्दैन’ भनिदिए । सभापति देउवाले नेता पौडेलसँग एउटै मञ्चमा बसेका बेला भनेका हुन् ।

    नेपाल मगर संघको गण्डकी प्रदेश सभाले देउवा र पौडेललाई बोलाएको थियो । सभापति देउवाले कांग्रेसले नेकपाका ओली र प्रचण्ड–माधव समूहलाई काउन्टर दिन सक्ने गरी जुलुस र आमसभा गर्न नसक्नुको कारण पैसा नै हो भनेर जबर्जस्त पार्टीलाई आर्थिक रूपमा कमजोर भएको सन्देश बाहिर ल्याएका छन् ।

    के पार्टी सभापति देउवाले भने जस्तै कांग्रेस गरिब पार्टीमा रूपान्तरण भइसकेको हो ? भन्ने विषय अहिले बहसमा आएको छ । कांग्रेसले आफ्नो क्रियाशील सदस्यको संख्या झन्डै पाँच लाख भनेको छ ।

    कांग्रेसको नियमित आम्दानी भनेको केही पनि छैन । कम्युनिस्ट पार्टी जस्तो लेबी पनि कांग्रेसले उठाउँदैन । सांसदबाट लेबी पनि उठाउँदैन । त्यसैले क्रियाशील सदस्यता नवीकरणबाट जति पैसा उठ्छ कांग्रेसको आम्दानी त्यही हो ।

    कांग्रेसका शुभेच्छुक र जनसम्पर्क समितिले दिने आर्थिक सहयोग नै कांग्रेसको आम्दानी हो । कांग्रेस सरकारबाट बाहिरिएको तीन वर्ष बितिसकेको छ । यसबीचमा चुनाव भए । कांग्रेसबाट राजनीतिक नियुक्ति पाउने पनि कोही छैनन् ।

    त्यसैले सभापति देउवाले पार्टीसँग पैसा छैन, त्यसैले जुलुस गर्न सक्दैन भनेको हुन सक्छ । कांग्रेस स्रोतका अनुसार कांग्रेसको बैंक खातामा अहिले करिब तीन करोड बचत छ ।

    देशको पुरानो पार्टीसँग त्यति पैसा खातामा हुनु निकै सामान्य कुरा हो । पार्टीले विभिन्न ठाउँमा कार्यक्रम गरिरहनु पर्छ । खर्च हुने त्यही बैंक खाता हो ।

    यसअघि निकै धनी मानिएको कांग्रेस यति चाँडै कसरी गरिब पार्टी बन्न पुग्यो भन्नेबारे निकै चासो उत्पन्न भएको छ । सभापति देउवाको अभिव्यक्तिपछि अब कांग्रेसमा १४औं महाधिवेशन गराउने पैसा त बाँकी छ भन्ने प्रश्न उब्जेको छ ।

    सामान्यतः कांग्रेसको महाधिवेशनमा पार्टीको मात्रै पाँचदेखि सात करोड रुपैयाँ खर्च हुन्छ । अझ केन्द्रीय कार्यसमितिमा आउन चाहनेको खर्च त्यसमा समावेश हुन्न ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend