बुधवार, बैशाख ८ २०७८Apr 21 2021

Logo
images
images
images
images

कांग्रेस महाधिवेशनका लागि रमेश लेखकलाई नयाँ जिम्मेवारी, यी ५ नेतालाई थप अवसर !

कांग्रेस महाधिवेशनका लागि रमेश लेखकलाई नयाँ जिम्मेवारी, यी ५ नेतालाई थप अवसर !

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण ६ २०७७

  • 15.6K
    SHARES

  • कांग्रेस महाधिवेशनका लागि रमेश लेखकलाई नयाँ जिम्मेवारी, यी ५ नेतालाई थप अवसर !

    काठमाडौं – नेपाली कांग्रेसको बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय सदस्य रमेश लेखकलाई आगामी महाधिवेशनका लागि ठूलो र नयाँ जिम्मेवारी दिएको छ ।

    बैठकले नेता लेखकको संयोजकत्वमा क्रियाशील सदस्यता छानबिन समिति गठन गरेको हो ।

    images
    images

    लेखकको संयोजकत्वमा गठित समितिमा ५ नेताहरू केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, श्यामकुमार घिमिरे प्रदीप पौडेल, जीवन परियार र कल्याण गुरुङ सदस्यको अवसर दिइएको छ ।

    संयोजक लेखक, ढुंगाना र घिमिरे सभापति शेरबहादुर देउवा निकट हुन् भने जीवन परिवार र कल्याण गुरुङ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन् । पौडेल नेता कृष्णप्रसाद सिटौला पक्षबाट समितिमा समावेश भएका जनाइएको छ ।

    नेता लेखकले १३ औं महाधिवेशनमा नरहरि आचार्य नेतृत्वको छानबिन समितिमा रहेर समेत काम गरेका थिए । यसअघि पौडेल पक्षले लेखकलाई छानबिन समितिको संयोजकका रूपमा स्वीकार गर्ने आनकानी गर्दा समिति गठनमा बाधा खडा भएको थियो । तर बिहीबारको बैठकले लेखकलाई सर्वसम्मतिले जिम्मेवारी दिएको छ ।

    बैठकले छानबिन समितिलाई निर्धारित कार्यतालिका बमोजिम क्रियाशील सदस्यता छानबिन गरी बुझाउन निर्देशन दिएको छ । जिल्ला तहमा आउने क्रियाशील सदस्यता विवादमा केन्द्रीय छानबिन समितिले प्रतिनिधि पठाउने भएको छ । हालसम्म कांग्रेस महाधिवेशन क्रियाशील सदस्यतामै अल्झिएको छ ।

    महाधिवेशनलाई लक्षित गरेर पार्टीले २०७६ माघदेखि क्रियाशील सदस्यता वितरण थालेको छ । क्रियाशील सदस्यताको टुंगो २०७७ वैशाख मसान्तसम्ममा लगाउने लक्ष्य रहेपनि हालसम्म टुंगो लागेको छैन ।

    गत पुस १३ गतेको बैठकले सदस्यताको वितरण र नवीकरणका लागि माघ मसान्तसम्म समय दिएको थियो । फागुनको पहिलो हप्तासम्म करीब ४५ वटा जिल्लामा मात्र क्रियाशील सदस्यता टुंग्याउने तयारीमा रहेका छन् । 

    बिहीबारको बैठकले नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ भदौ दोस्रो हप्ताका लागि तय भएको छ । महाधिवेशन ७–१० भदौमा काठमाडौंमा गर्ने निर्णय गरेको केन्द्रीय सदस्य रमेश लेखकले बताएका छन् ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology