काठमाडौं – नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुवीकरणमा लगेको आरोप लगाएका छन् ।
देश संसद पुनःस्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै सभापति देउवाले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताएका छन् ।
बिहीवार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई पोखरामा सम्बोधन गर्दै सभापति देउवाले अदालतले पुनःस्थापना गरे स्वीकार गर्ने बताए ।
‘अदालतले पुनःस्थापना गर भन्यो भने स्वीकार गर्छौं, चुनाव गर भन्यो भने पनि स्वीकार गर्छौं,’ देउवाले भने ।
जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने देउवाले प्रस्ट पारे । जुलुस हेरेर फैसला गर्ने अवस्था आए कांग्रेसले जुलुस निकाल्न पनि नसक्ने देउवाले बताएका छन् ।
‘हामीसँग पैसा पनि छैन । जबरजस्ती बोलाउन पनि सक्दैनौं,’ उनले भने, ‘क्रियाशील लिने बेलामा मारामार हुन्छ, भोलि आन्दोलनमा क्रियाशील मात्र आउन भन्यो भने आउँदैनन् ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।